काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ विश्वकप छनोटको चौथो खेलमा बुधबार नेपाल अमेरिकासँग भिड्ने भएकाे छ । घरेलु खेल मैदान कीर्तिपुरस्थित त्रिविमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा दोस्रो पटक नेपाल र अमेरिका खेल्न लागेका हुन् ।
दुवै टोली सिरिजको सुखद अन्त्य गर्न जित्नै चाहन्छन् । पहिलाे खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो । यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।
दुवै पटक ओमानसंग पराजित भएको नेपाल, पहिलो खेलमा १८ रनले पराजित हुदै दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो । ओमान सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
अमेरिकासंगको पहिलो खेलमा नेपालका युवा खेलाडी कुशल मल्लले डेब्यु गरेका थिए । खेलमा उनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । ४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं र सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशल र विनोद भण्डारीले नेपाली इनिङ्स उकासेका थिए ।
दुई खेलाडीले ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए । कुशलले ५१ बलमा ५ चौका र ३ छक्का सहित कीर्तिमानी ५० रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कुशल सबै भन्दा कम उमेरका खेलाडी बने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ...
काठमाडौं । जापानलाई पराजित गर्दै नेपाल विजयी भएको छ । अन्तिम खेलमा ६७ रनले हराउँदै नेपाल विजयी भएको हो । हङकङमा जारी महिला टि–२० आई सिरिज अन्तर्गत निर्धारित ओभरमा...
काठमाडौं । दुबईको अल मख्तुम रंगशालामा बिहीबार सम्पन्न खेलमा फिफा विश्वकप एसिया कपको दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४–० ले पराजित भएको छ। यूएईले सबै गोल पहिलो हाफमा...