भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

बेनी खानेपानीमा नयाँ नेतृत्व

बेनी खानेपानीमा नयाँ नेतृत्व

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ आँै वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टङ्क हमाल चयन हुनुभएको छ । सदस्यमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

उहाँले संस्थाले बजारवासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरी एक हजार ६७ घरधुरीका करिब २० हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा सचिव गिरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ । प्रतिमहिना १० युनिटसम्म न्यूनतम रु २२० शुल्क निर्धारण भएको छ ।

एघारदेखि २० युनिटसम्म प्रतियुनिट २४, २१ देखि ३० युनिटसम्म प्रतियुनिट रु २६, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट रु २८, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट रु ३० र ५१ युनिटदेखि माथि प्रतियुनिट रु ३२ का दरले शुल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.