इटालियन सिरी एः फियोरेन्टिनालाई २–० गोलले पराजित गर्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लियाे

इटालियन सिरी एः फियोरेन्टिनालाई २–० गोलले पराजित गर्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लियाे

एजेन्सी । इटालियन सिरी “ए“ फुटबलको शीर्ष स्थानमा इन्टर मिलान उक्लिएको छ । फियोरेन्टिनालाई २–० गोलले पराजित गर्दै शुक्रबार राति भएको खेलमा इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे भने खेलको ३१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए । खेलको ५२ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

योसंगै शीर्ष स्थानमा उक्लिएको इन्टर मिलानले ४७ अंक जोडेको छ । एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानको मिलानको ४६ अंक रहेको छ । फियोरेन्टिना २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.