काठमाडौं । बेमौसमको वर्षाले ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । सातै प्रदेशमा किरव ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठकले क्षति मूल्यांकनका साथै राहतबारे कात्तिक ९ गते छलफल राखिएको मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेल बताए ।
प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १, १ वटा कार्यटोली समेत गठन गरिएको उनको भनाइ छ ।सबैभन्दा बढी क्षति लुम्बिनीका कपिलवस्तु, बाँके र रूपन्देहीमा भएको छ । वर्षाले ४२ हजार ४ सय २७ हेक्टर जमिनमा लगाएको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धान नष्ट भएको छ। लुम्बिनी प्रदेशका किसानले ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ।
कपिलवस्तुमा ६४ हजार ३ सय ५० हेक्टरमध्ये ३५ हजार ४ सय ६३ हेक्टरको बाली नष्ट ।
सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा ६८ हजार ४ सय मेट्रिकटनको धान नोक्सानी ।
कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती ।
धान खेतीका लागि पकेट क्षेत्र मानिएको कञ्चनपुरमा ४२ प्रतिशत र कैलालीमा ५४ प्रतिशत धान नष्ट भएको छ ।
प्रदेश १ क्षेत्र
८० करोड रुपैयाँबराबरको क्षति ।
प्रदेश २
२० हजार ३ सय ५० मेट्रिकटन धान नष्ट
कर्णाली प्रदेश
३० करोड रुपैयाँ बराबरको क्षति ।
गण्डकी प्रदेश
१३ करोड रुपैयाँ बराबरको क्षति ।
बाग्मती प्रदेश
५ करोड ८० लाख रुपैयाँबराबरको क्षति।
यसवर्ष देशभर १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको रोपाइँ भएको तर, धान भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुबान र बाढीले बगाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको मन्त्रालय जनाएको छ।
