भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

बेलायतमा राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार

बेलायतमा राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार

लण्डन । राजा चार्ल्स तृतीयको बेलायतमा शनिबार राज्याभिषेक हुँदैछ । कार्यक्रमको तयारी अन्तिम चरण पुगेको जनाइएको छ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ ।

यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।
राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन्।

उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् । राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.