भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडी । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालन गरिएको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत केन्द्र्र सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालयभित्र स्थापना गरिएको स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी तथा परामर्श दिने, सहजीकरण गर्नेलगायत काम गर्नेछ ।

केन्द्र्रको सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेका थियो । स्रोत केन्द्रको बुधबार उद्घाटन गर्दै राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उहाँले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताए।

सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा स्रोत केन्द्र सञ्चालनमा आइसकेका सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिए।रासस

 


Thali Mobile Pvt.Ltd.