भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु, हजारौंको सहभागिता (फाेटाे फिचर)

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु, हजारौंको सहभागिता (फाेटाे फिचर)

भक्तपुर । भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण गर्न सांस्कृतिक सम्पदा पदयात्रा सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सुरु भएको हो ।भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु, हजारौंको सहभागिता

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउँनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउँने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु, हजारौंको सहभागिता

कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीको नेतृत्वमा भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा,ग्वंग पुखु, क्वाठडौँ पुखु,तिनाछें,सलां गणेश पुखु, बसिकुलां नाग पुखु,दुगुमला, भोलाछें पुखु,अंचा पुखु, ब्यासी पुखु, ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु,नः पुखु, तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन भएको थियो ।भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु, हजारौंको सहभागिता

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । ¥यालीमा हजारौंको संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.