भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क |

एभोकाडोको शहर बनाउने अभियानः ढकालको वडामा हजारबढी बिरुवा वितरण

एभोकाडोको शहर बनाउने अभियानः ढकालको वडामा हजारबढी बिरुवा वितरण

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहर बनाउने अभियान अन्तर्गत शनिबार चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरीमा बिरुवा बितरण गरिएको छ । अभियानका परिकल्पनाकार डिपी ढकालको नेतृत्वमा अभियन्ताहरुले बाल्मिकेश्वर परिसरमा बिरुवा बाढ्ने र रोप्ने काम गरेका छन् ।

बाल्मिकेश्वरमा ४ सय विरुवा बाढिएको अभियानका संयोजक नरेश खड्काले बताए । वडा नम्बर ७ को बाल्मिकेश्वरका २ सय घरमा दुईवटा एभोकाडोको बिरुवा बाढ्ने र रोप्ने काम भएको हो । अभियान अहिले तेस्रो सातामा प्रवेश गरेको छ ।

तपादम्फुबाट बिरुवा बाढ्ने र रोप्ने कार्यक्रम अघिबढाइएको हो । दुईपटक गरी १ हजारबढी बिरुवा रोपिएको उनको भनाइ छ । शनिबार बिरुवा लिन छुटेका लाई पुन बिरुवा वितरणको ब्यवस्था मिलाइएको संयोजक खड्काले बताए ।

बिरुवा वितरण गर्नु अघि अभियानका परिकल्पनाकार डिपी ढकालले चाँगुनारायणलाई एभोकाडो सिटीका रुपमा पहिचान गराउँन अभियन्ताहरुले देखाएको सक्रिय सहभागिताले उत्साहित भएको बताए । यस्तै बृक्षारोपणमा स्थानीयको सहभागिताले नै सफल्ताको बाटो गएकाे अभियान्ता रामकुमार तामाङले बताए ।

अभियानले चाँगुलाई स्वच्छ हराभार एवं समृद्ध नगर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अभियान्ताकाे विश्वास छ । अभियानमा सुनिल गोठे बासु, दिनेश खनाल, चण्डिका लामिछाने, रामभक्त खत्री,

जगन्नाथ खत्री, मदन श्रेष्ठ, हरिश लामिछाने, अमृता संजेल, गणेश थापा, भरत काफ्ले, बिनोद लामिछाने लगायतका अभियन्ताहरुको सक्रिय सहभागीता रहेको थियो । तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.