भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर अस्पतालद्वारा घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु

भक्तपुर अस्पतालद्वारा घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु

भक्तपुर । भक्तपुर अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको छ । अस्पतालले जनताको टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने उदेश्यले उक्त सेवा सुरु गरेको हो । पछिल्लो समय भक्तपुर अस्पतालको सेवा सन्तोषजनक देखिएको भन्दै प्रमुख प्रजापतिले नगरपालिकाले अस्पताललाई आवश्यक सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताए ।

घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले अस्पतालले अघि सारेको घुम्ती सेवाले अधिकत्तम जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । भक्तपुर अस्पतालकी प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट डा.सुमित्रा गौतमले अस्पतालले बिशेषज्ञ चिकित्सक सहितको मेडिकल टोली मार्फत टोलटोलमा स्वास्थ्य सेवा प्रदान गर्ने बताइन ।

घुम्ती सेवाबाट विशेषगरी महिला, बालबालिका, जेष्ठनागारिक र गरिब तथा असहाय मानिसहरु लाभान्वित हुने उनको भनाई छ ।
अस्पतालमा दैनिक ८ सय बढी नयाँ बिरामी उपचारका लागि आउने गरेका बताउदै डा.गौतमले उनीहरुले पाउने सेवा प्रभावित नहुने गरी घुम्ती सेवा दिन भक्तपुर अस्पताल लागिपरेको बताइन ।

भक्तपुर अस्पताल बिकास तथा व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठले भक्तपुर अस्पतालले जिल्लाका सबै नगरपालिकामा घुम्ती सेवा पुर्याउने लक्ष लिएको बताए । अस्पतालको घुम्ती सेवा भक्तपुर नगरपालिकाका सबै वडाहरुमा पुर्याइने र यो भक्तपुर नगरपालिकामा मात्र सीमित नरहने प्रष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.