भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कांग्रेसका डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कांग्रेसका डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार ८ दलको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

यसअघि बनेको एमाले नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३ र ३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १ र १ जनासहित ५३ जनाको समर्थन छ ।
माओवादीका ११ मध्ये एक सांसद सभामुख रहेका छन् ।

चौधरी दाङको निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित भएका हुन । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

 


Thali Mobile Pvt.Ltd.