भक्तपुर । भक्तपुर अस्पताल लगायत प्रदेश सरकार मातहत रहेका १३ वटै अस्पतालमा शहिद परिवार, जनयुद्ध र जनआन्दोलनका घाइतेहरु, विपन्न परिवार तथा सडक दुर्घटनाका परेरघाइते भएका एवं क र ख वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले बताए ।
शुक्रवार भक्तपुर अस्पतालको ११९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले यस्तो बताएका हुन । जोशीले भने, द्धन्दपीडितहरुलाई निशुल्क स्वास्थ्य सेवा दिने बागमती प्रदेश सरकारले व्यवस्था मिलाएको छ । भक्तपुर अस्पताललाई पनि त्यस्ता नागरिकलाई निशुल्क सेवा शुरु गर्न आग्रह गर्दछु ।
प्रदेश सरकारले भक्तपुर अस्पतालमा मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत नसर्ने रोगको पहिचान परामर्स र व्यवस्थापनका लागि बजेट छुट्याएको र शैलजा आचार्य अल्जायामर्स रोग रोगथाप र उपचार शिर्षकमा पनि भक्तपुर अस्पताललाई बजेट दिइएको जानकारी गराए । मन्त्री जोशीले दुवै कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई निशुल्क सेवाको व्यवस्था मिलाइएको जानकारी दिए ।
मृगौला रोग पहिचानका लागि पनि निःशुल्क परिक्षणको व्यवस्था प्रदेश सरकारले मिलाएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालमै आफू जन्मिएको भन्दै अस्पतालको ऐतिहासिक बिरासतका बारे चर्चा गरे । अस्पतालको बिकासमा प्रदेश सरकारले सके जति सहयोग गर्ने बताए ।
भक्तपुर अस्पतालमा सिटी स्क्यान संचालनका लागि ८ करोड रुपैया यो वर्ष बजेट बिनियोजन गरिएको जानकारी दिदै ढकालले अस्पतालको स्तर उन्नतीका लागि आफू सदैव तत्पर रहने प्रतिवद्धता जनाए । यस्तै बागमती प्रदेश सभाका सदस्य सुरेश श्रेष्ठले आगामी वर्ष भक्तपुर अस्पतालमा एमआरआइ सेवा बिस्तार गर्न आफूले पहल गर्न बताए । त्यस्तै सांसद भुवनकेशरी श्रेष्ठ (भावना)ले वीर अस्पतालको पछि भक्तपुर अस्पतालको सबै मिलेर देशकै सुविधासम्पन्न अस्पताल बनाउन लाग्नुपर्ने बताइन ।
त्यस्तै प्रदेश सभा सांसद धनेश्वरी प्रजापतिले भक्तपुर र भक्तपुर अस्पतालको बिकासका लागि सधै तत्पर रहेने बताइन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पतालको प्रगतीको कामना गर्दै निकै चुनौतीकाबीच पनि भक्तपुर अस्पतालले राम्रो काम गरेको बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
निजीलाई प्रोत्साहित नगर्ने नीति भक्तपुरको भएकाले जनतालाई दुःख नहुनेगरी सामुदायिक अस्पतालको स्तर वृद्धि भए नाफाका लागि खोलिएका प्राइभेट अस्पताल ओझेल पर्ने प्रष्ट पारे । ख्वप अस्पतालले नगरबासीलाई निःशुल्क अक्सिजन र रगतको व्यवस्था गरेको बताए । नेतृत्व सवल भए सस्था पनि सवल हुने भएकाले भक्तपुर अस्पताल अहिले त्यस्कै उदाहरण भएको बताए ।
त्यतिमात्र होइन भक्तपुर नगरपालिकाले आफ्नो र आफू मातहत रहेका संस्थाको खाता समेत निजी बैंकमा नखोल्ने नीति लिएको बताए । सरकार बलियो बनाउन सरकारी संस्थाहरु बलियो बन्नुपर्ने भन्दै जनताको पक्षमा भक्तपुर नगरपालिका सदैव अघि बढेको बताए । भवन मात्र राम्रा बनाएर नहुने भन्दै त्यसमा जनशक्ति क्वालिफाइड हुनेपर्नेमा जोड दिए ।
भक्तपुर अस्पतालको नेतृत्वले जनताको हितलाई केन्द्रमा राखी काम गरिरहेकोले नगरपालिकाले पनि भक्तपुर अस्पताललाई सहयोग गर्दै आएको बताए । व्यापक जनताको सेवामा लाग्न अनुरोध गर्दै त्यसका लागि सहयोगमा नगरापालिकाले कुनै कन्जुस्याई नगर्ने बताए । भक्तपुर अस्पताल र ख्वप अस्पतालले गत वर्ष ४ लाख बिरामीलाई उपचार गरेको जानकारी दिए ।
पूजीवादी व्यवस्थामा जनताले उपचार राम्रो नपाउने र नीजि अस्पतालमा विरामी लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गर्न सामुदायिक अस्पतालले राम्रो सेवा दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले अस्पतालको बेथिति बारे पत्रकारले मिलेर समाचार सम्प्रेषण गरेको स्मरण गर्दै अहिले भक्तपुर अस्पतालले स्वास्थ्य उपचारको क्षेत्रमा गरेको प्रगती र सेवाका बारेमा एक ढिका भएर राम्रा समाचार समप्रेषण गरिरहेको बताए ।
अस्पताल राम्रो भयो भनेर मख्ख पर्नु भन्दा प्राप्त उपलब्धीको रक्षा गर्दै त्यही अवस्थामा रहन चुनौती रहेको जिकिर गरे । अस्पतालका अध्यक्ष रमण श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. सुमित्रा गौतमले अस्पतालको विगत र वर्तमानको समीक्षा गरिन । चुनौती खेप्दै अहिले देशकै सर्वोत्कृष्ट अस्पतालका रुपमा भक्तपुर अस्पताल विकास भएको बताइन् । सेवामा नयाँ र भावी योजना सार्वजनिक गरिन् ।
जनताको सेवामा अहोरात खटिएर उपचारमा कुनै कन्जुस्याइ नगरेका डाक्टर, नर्सलाई कार्यक्रममा ‘हिरो अफ द इयर’ बाट सम्मान गरिएको थियो । यस वर्ष ‘हिरो अफ द इयर’ भनेर अस्पतालका डा. सुनिल ढुंगेल लाई सम्मान गर्दा अस्पताल परिवार हर्षित भएको थियो । केही नीतिगत समस्याका कारण भक्तपुर अस्पतालले चाहेको जस्तो सेवा दिन नसके पनि आगामि दिनमा त्यसको सहजता पनि हने डा. गौतमले जानकारी दिइन् ।
८० जना मुस्किलले उपचार गर्न आउने विमामी पछिल्ला दिनमा ११ सय जना सम्मले दैनिक उपचार सेवा लिदा प्रदेशबाट समेत पुरस्कृत भएको डा. गौतमले बताइन् । कार्यक्रममा विविध सास्कृतिक गतिविधि पनि प्रस्तुत गरिएको थियो ।
नीजि अस्पतालमा भन्दा उत्कृष्ट सेवा यस अस्पतालमा दिएको भन्दै चिकित्सक तथा कर्मचारीहरु विविध विद्यामा सम्मानित भएका थिए । उपचारको थप सेवा विस्तारका साथ भक्तपुर अस्पताल अघि बढ्ने भन्दै प्रदेशबाट थप सहयागको अपेक्षा भक्तपुर अस्पतालले गरेको छ ।
तस्वीर…
