भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा कांग्रेसका दुर्लभ थापा अगाडि

भक्तपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा  कांग्रेसका दुर्लभ थापा अगाडि

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ को मतगणना जारी छ । नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा अगाडि देखिएका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत रहेका छन् । यहाँ कांग्रेसले आग्रता थप फराकिलो बनाएको छ । १५ हजार मतगणना हुंदा ६ सय ७५ मतान्तरले महेश पछि पारेका हुुन् ।

थापाले ६ हजार १ सय ८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले ५ हजार ५ सय ९० मत पाएका छन । क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत खसेको छ ।

हालसम्म आदर्श जनप्रेमी स्कुल, कटुन्जे वडा कार्यालय, लोकन्थली, नङखेल, सिरूटार, सिपाडोल लगायतका स्थानको मतगणना भएको निर्वाचन अधिकृतले बताएका छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक चौथो स्थानमा छन् ।

 


Thali Mobile Pvt.Ltd.