भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाण्डौ–१ मा प्रकाशमान सिंह विजयी

काठमाण्डौ–१ मा प्रकाशमान सिंह विजयी

काठमाण्डौ । क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् ।

सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।

मिश्रको भन्दा १२९ मत बढी ल्याएर सिंह विजयी भएका छन् ।

अघिल्लो प्रतिनिधि सभा २०७४ को चुनावमा पनि रविन्द्र मिश्र भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए।

नेविसंघबाट राजनीतिमा
२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा उनलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो ।

२०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा आएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए । १४औं महाधिवेशनसम्म आइपुग्दा देउवाबाट निकै टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे ।

तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिएका उनले एकै निर्वाचन क्षेत्राट पटक पटक उठ्ने र जित्ने सौभाग्य पनि प्रापत् गरेका छन् । यसअघि २०७४ को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए ।

तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए । तर, पछिल्लो समयमा राप्रपामा लागेका मिश्र दोस्रोपटक सिंहसँग भिड्न काठमाडौं १ मा नै आएका थिए ।

यसपटक सिंहका प्रतिस्पर्धामा धेरै नयाँ अनुहार आएपछि प्रतिस्पर्धा रोचक बनेको थियो ।०

 

 


Thali Mobile Pvt.Ltd.