भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर नगरपालिकाद्वारा स्कूल, कलेजका क्यान्टिनहरु अनुगमन, क्यान्टिन सञ्चालका मापदण्ड पुरा गर्न निर्देशन

भक्तपुर नगरपालिकाद्वारा स्कूल, कलेजका क्यान्टिनहरु अनुगमन, क्यान्टिन सञ्चालका मापदण्ड पुरा गर्न निर्देशन

भक्तपुर। भक्तपुर नगरपालिले कलेज,स्कूलहरुको क्यान्टिन अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा क्यान्टिनको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा नलागएको र तेल धेरै पकाएर अखाद्य भएको तेलले क्यान्सर हुने भएकोले त्यस्तो नगर्न तेल नाप्ने ओइल टेष्टर राखेर जाँचेर पकाउनु पर्ने सुझाव दिएको संयोजक राजकृष्ण गोराले जानकारी दिए । पद्म हाई स्कूलमा क्यान्टिन दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न, क्यान्टिन व्यवस्थित नभएको, फोहर देखिएको, जथाभावी तरिकाले खाद्य समान थुपारेर राखेको, म्याद नाघेको नुडल्स १ पाकेट भेटाएकोले तीन दिन भित्र नगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।

ख्वप क्यान्टिनमा न्यू भक्तपुर चाउचाउको उत्पादन मिति उत्पादन भईसकेको पछिको मिति राखेको पाइएकोले मिति सच्याउन निर्देशन दिई सरसफाइमा ध्यान दिन र म्याद नाघेको मसलाहरु प्रयोग गरि खानेकुरा पकाएको देखिएकोले तीन दिन भित्र नगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको संयोजक गोराको भनाइ छ ।
ख्वप अस्पताल भान्छाको कोठा सरसफाईमा ध्यान दिन निर्देशन दिई भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा नलागएको र तेल धेरै पकाएर अखाद्य भएको तेलले क्यान्सर हुने भएकोले त्यस्तो नगर्न तेल नाप्ने ओइल टेष्टर राखेर जाँचेर पकाउनु पर्ने अनुगमन टोलीले निर्देशन दिएको छ ।

ख्वप ईन्जिनियरिङ्ग कलेजको तःमारी नेवाछें साधारण रेष्टुरेन्ट भान्छाको कोठा सरसफाईमा ध्यान दिन निर्देशन दिई भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा नलागएको र तेल धेरै पकाएर अखाद्य भएको तेलले क्यान्सर हुने भएकोले त्यस्तो नगर्न तेल नाप्ने ओइल टेष्टर राखेर जाँचेर पकाउनु पर्ने, भनपा वडा नं ५ को पसल दर्ता गरी राखेको प्रमाणपत्र देखाएकोले क्यान्टिन छुट्टै दर्ता गर्न र सर्भिस राम्रो गर्न निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, रिता फसिकवा, भनपा श्यानिटेशका दिलिपकुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निक्षरीक बिनोद धिताल, भक्तपुर उद्योग बाणिज्य संघका राजू त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी र भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागीता थियो ।

 


Thali Mobile Pvt.Ltd.