भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भक्तपुर नगरपालिका अवलोकनमा गोलबजार नपाका जनप्रतिनिधि

भक्तपुर नगरपालिका अवलोकनमा गोलबजार नपाका जनप्रतिनिधि

भक्तपुर । सिराहा जिल्ला गोलबजार नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १६ जना जनप्रतिनिधिसहितको टोलीले सोमबार भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जनप्रतिनिधिहरुसँग गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार भेट गरेका हुन ।

भेटमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरू, ख्वप अस्पताल र सम्पन्न विकास निर्माणका योजना तथा कार्यक्रम, सम्पदा पुन ः निर्माणको अवस्थाबारे छलफल गरेका भएको जनाइएको छ । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय दिँदै २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि नेमकिपाको घोषणापत्र र पार्टीको नीति र निर्देशनअनुसार भक्तपुर नगरपालिकाले निःवास्र्थ रुपमा देश र जनताको सेवा गर्दै आइरहेको जानकारी दिए । उनले भक्तपुरमा पठन संस्कृतिको विकास गर्न जनज्योति पुस्तकालयको स्तरोन्नति गर्नुका साथै वडा वडामा पुस्तकालयहरुको व्यवस्थामा जोड दिँदै आएको बताए ।

भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा १०० बेडको ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटेको बताउनुहुँदै जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ख्वप अस्पतालको स्थापना भएको हो उनले भेन । देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अनुभव आदानप्रदानले हामीलाई काम गर्न अझ हौसला मिलेको उनको तर्क छ । भेटमा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले भक्तपुर नगरपालिकाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्दै १३ वटा वडामा विभाजित गोलबजार नपाले पनि शिक्षा, स्वास्थ्य र विकास निर्माणमा भक्तपुरको विकास मोडललाई सिको गरी आफ्नो नगरपालिकामा लागू गर्न कोसिस गर्नेे बताए ।

गोलबजार नपाले २५ शैय्याको आफ्नै अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ भन्दैै उनले गोलबजार नपाले सञ्चालन गर्ने जयगोविन्द शाह प्राविधिक कलेज सञ्चालनको लागि भक्तपुर नपाबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे । भक्तपुर नपा र गोलबजार नपाका जनप्रतिनिधिबीच भएको भेटघाट कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास मोडलबारे विभिन्न जिज्ञासाहरुबारे अन्तरक्रिया समेत भएको थियो । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप उमावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेज लगायतको अवलोकन गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.