भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

भक्तपुर हेल्थ कर्न्सन प्रालिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै (भिडियाेसहित)

भक्तपुर हेल्थ कर्न्सन प्रालिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै (भिडियाेसहित)

काठमाडौं । पछिल्लो समय मुटुरोग, छाला तथा यौन रोग र नशा तथा मनोरोगलगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यो समस्या समाधानका लागि कटुञ्जे सल्लाघारी स्थित भक्तपुर हेल्थ कर्न्सन प्रा.लिले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

यही असोज ९ गते शनिबार सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा छाला, नशा, यौन तथा मुटु रोगका साथै बिरामीका सम्पूर्ण समस्या समाधान गरिने प्रालिका संचरसिंह तामाङले बताए । निःशुल्क स्वास्थ्य शिविरमा दुई जना डाक्टरले विषेशज्ञ सेवा दिनेछन् । नशा तथा मनोरोग विषेशज्ञ डा. सुप्रिया शेरचन र छाला रोग विशेषज्ञ डा डा. रोसिना पौडेलले सेवा दिने तामाङले बताए ।

अन्य दिन  भक्तपुर हेल्थ कर्न्सन प्रा.लि.मा  बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कार्तिकेश ठाकुर, फिजिसियन डा. सुनिल ढुंगेललगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गर्ने छ । उक्त टोलीले डा. आशेष ढुंगाना, छाती रोग, मुटुरोग, डा. राेसिना पाैडेल छाला राेग, डा. रबि भुषण सुवाल  नाक, कान, घाटी रोग, डा. ध्रुव श्रेषठ बाल रोग, डा. विवेक बासुकला हाडजोर्नी, डा. कृष्णप्यारी दुगुजु स्त्री तथा प्रसुती, फोक्सोको जाँच, आखाँ जाँच, एक्सरे, ल्याव, इसीजीलगायतका सेवा कर्न्सन प्रा.लि.मा दिइने छ ।

big विशेषज्ञ सेवा नपाएका नागरिकलाई दुर्गममै सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्ने भन्दै यसपाली हेल्थ कर्न्सन प्रालिको सल्लाघारी शाखा प्राङ्गणमा निःशुल्क परिक्षणकासाथै उपचारको व्यवस्था मिलाइने कर्न्सन प्रा.लि.ले जनाएकाे छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…


शिविरमा आफ्नो स्वाथ्य जाँच गराई सवर्ण अवसरको लाभ लिन आयोजक भक्तपुर हेल्थ कर्न्सन प्रालिले सबैमा अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.