भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भन्सार छली ल्याइएको ३५ हजार मूल्य बराबरको सामान बरामद

भन्सार छली ल्याइएको ३५ हजार मूल्य बराबरको सामान बरामद

सुदूरपश्चिम । भारतबाट भन्सार छली ल्याइएको ३५ हजार रुपैयाँ मूल्य बराबरको मालसामान बरामद भएको छ ।

दुई दिनयता प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका मदनसिंह रानाको घर अगाडिको बारीमा लुकाइछिपाई राखिएको चार थान सालका गोलिया, कञ्चनपुर भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याइएको रु ३५ हजार मूल्य बराबरको दाल, पेयपदार्थ र धनगढी उपमहानगरपालिकाको मिलन चोकबाट भन्सार छली गरी भित्र्याइएको रु ५० हजार मूल्य बराबरको मालसामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्ला हप्तामा सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषदको कारोबार जस्ता आपराधिक एवं अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ।

 


Thali Mobile Pvt.Ltd.