पाल्पा । आइतबार पाल्पामा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा ज्यान गएसँगै ज्यान पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो । दुर्घटनामा घाइते ११ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनाका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।
घाइते पाँच जनाको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
