चितवन । भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँने भएको छ ।
शनिबार बिहान ९ बजेबाट मात्रै मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ । माओवादी केन्द्रका रेणु दाहाल पुनः दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवार रहेकाले भरतपुर चर्चामा रहेको छ । पाँच दलीय गठबन्धनले रेणुलाई साथ दिएको छ ।
