भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भागरथीको डीएनएसमेत जाँचिने

भागरथीको डीएनएसमेत जाँचिने

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको भजाइनल स्वाब परीक्षण गरिने भएको छ ।

१७ वर्षीया भट्टको बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको छ । अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित सबुद प्रमाण काठमाडौं ल्याउन लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ, छैन भन्ने थाहा हुने विश्वास व्यक्त गरिएको छ । जसको परीक्षणबाट घटनामा कति जना व्यक्ति संलग्न छन् भन्ने कुरा थाहा पाउन डीएनए परीक्षण समेत हुने चिकित्सकको भनाई छ । उता घटना भएको समय आसपासमा बाटोमा हिँड्ने व्यक्ति, सवारीसाधनका धनी र भट्टको साथीहरुसँग सोधपुछ गर्ने काम भइरहेको बैतडीका प्रहरी निरीक्षक जनक धामीका ले बताए ।

 


Thali Mobile Pvt.Ltd.