भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१ लाख ९३ हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

१ लाख ९३ हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

पर्सा । नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । १ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नक्कली रकम बरामद गरिएको र तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको हो ।

मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.