भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

१ लाख ९३ हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

१ लाख ९३ हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

पर्सा । नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । १ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नक्कली रकम बरामद गरिएको र तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको हो ।

मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.