भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

भागरथी हत्या पछि बैतडीका विद्यार्थी त्रासमा, समूह बनाएर प्रतिकार गर्ने अठाेट

भागरथी हत्या पछि बैतडीका विद्यार्थी त्रासमा, समूह बनाएर प्रतिकार गर्ने अठाेट

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको दुई हप्ता वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मला पन्तकै जस्तो घटना र न्याय हुने होकी ? भन्नेमा आशंका व्यक्त गरिरहदा बैतडीका विद्यार्थीमा त्रास पैदा भएको छ । धेरै दिन त्यहाँका छात्रा विद्यालय नगएको बताईरहेकी छन् । कारण हत्या र बलात्कार ।

सनातन धर्म माविको कक्षा १२ पढ्ने अधिकाँश छात्राको भनाई यस्तै छ । सो घटनापछि धेरै छात्रा त्रास हुनु स्वभाविक पनि छ । किनकी हत्या र बलात्कारका घटनामा दोषी पत्ता नलाग्नु उनीहर सरकारको निरिहता ठान्दछन् । दोगडा केदार गाउँपालिका–७ इस्लेककी पूजा भट्टको भनाई पनि यस्तै छ ।

उनी भन्छिन्, ‘विद्यालयबाट घर आउने बाटोमै त्यस्तो बीभत्स घटना देखियो, अहिले पनि डर लागिरहेको छ।’ उनी पनि सोही विद्यालयको कक्षा १२ की छात्रा हुन् । दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा रहेको सनातन धर्म माविमा जान चडेपानी गाउँबाट एक घण्टा बढी समय लाग्छ। अहिले एक्लै आवत जावत गर्न डर लाग्ने गरेको उनको भनाई छ ।

त्यो घटनाले निकै डर लागेको भन्दै विद्यालय जानुअघि सबै विद्यार्थी भेला हुने गरेको र कुनै समस्या आईपरे एक भएर लड्ने उनीहरुको भनाई छ । सरकारले छिटो भन्दा छिटो हत्यारा पत्ता लगावस नत्र त्यसको हिसाव किताव देखाएरै छाड्ने विद्यार्थीको भनाइ छ । अब त्यस्ता घटना हुन नदिन र हत्या गर्न पल्किएका जो सुकै हुन समूहमा एकै चिहान बनाउन सबै विद्यार्थी एक भएर विद्यालय जाने र आउने गरेका छौं भन्छिन् खोचलेक बजारकी राधिका भट्ट ।

लवलेक वनमा भएको त्यो घटनाले दुखि बनाए पनि अब त्यस्ता घटना दोहोरीन नदिन सुरक्षा सतर्कता अपनाउन पनि पाट सिकाएको विद्यार्थीको भनाई छ । त्यो ठाउँमा प्रहरी चौकी पनि आवश्यक रहेको उनीहरको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.