भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतको गौरीकुण्डमा पहिरो जादा तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

भारतको गौरीकुण्डमा पहिरो जादा तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

काठमाडौं । भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृहले लेखेको पत्रमा भनिएको छ,‘केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ ।’

स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको हो । बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.