काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’ सङ्क्रमित भेटिएपछि नेपाल सीमावर्ती जिल्लाका नाकामा उच्च सतर्कता अपनाइएको छ ।
भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आवश्यक ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको उनको भनाइ छ ।
पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियतापूर्वक लागेको भन्दै योजना अघि बढाएको ढकाले बताए ।
