भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ हजार २३९ ल्याए ‘ए प्लस’

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ हजार २३९ ल्याए ‘ए प्लस’

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् ।

‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २ सय ३९ छ । ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् भने ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५ सय ३७ रहेको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५ सय १५ जनाले ‘सी’ ग्रेड ल्याएको बोर्डले जनाएको छ ।

तीन हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २ सय ९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ। प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.