भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

भारतबाट दूध आयात गरिए नारायणी नदिमा बगाइदिने किसानको चेतावनी

भारतबाट दूध आयात गरिए नारायणी नदिमा बगाइदिने किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएपछि किसानहरु रिसाएका छन् । चाडपर्वको समय दूधको अभाव नभएपनि डेरी उद्योग सङ्ग कृषि मन्त्रालयसँग दूध आयातको अनुमति दिएपछि किसान रिसाएका हुन ।

प्रतिदिन एक लाख २० हजार लिटर दूध आयात गर्न मन्त्रालयले अनुमति दिएको हो । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था लाई ४० हजार र निजी क्षेत्रका डेरीलाई ८० हजार लिटर दैनिक रूपमा ल्याउन दिने अनुमति दिएको छ ।

कृषि मन्त्रालयले यसरी दूध आयातको अनुमति दिएपछि केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलगायत सङ्घसंस्थाले यो कदमको चर्को विरोध गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलन गरेर विरोध गरेका हुन ।

नेपालको माग अनुसार दूध नेपालमै उत्पादन भइरहेको अवस्थामा विभिन्न बहाना बनाएर भारतबाट आयात गर्नुमा नियत नै कमिशन खाने भएको आरोप लगाएको छ । चितवन जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीबाट खरिद गरेको दूधको पैसा नतिर्ने डेरी उद्योगले भारतबाट नगद तिरेर ल्याउन नपाउने सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।

यता नेपाललाई अहिले कति परिमाणमा दूध आवश्यक छ भन्ने कुरा नत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थाह छ नत सरकारसँग तथ्याङ्क नै छ । यता २०७५ सालदेखि भारतबाट नेपालमा दूध ल्याउन बन्द गरिएको सङ्घले जनाएको छ ।

किसानको विरोधका बाबजुत भारतबाट दूध आयात भएमा नारायणगढमा किसानहरु भेला भएर भारतबाट ल्याएको दूध नारायणी नदीमा बगाइदिने चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.