भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतमा शीर्ष कमाण्डरसहित १४ माओवादी विद्रोही मारिए

भारतमा शीर्ष कमाण्डरसहित १४ माओवादी विद्रोही मारिए

एजेन्सी । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ ।

मन्त्रालयले मारिएका कमाण्डर जयराम चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँ दिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ ।

भारतको सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरुका कारण दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए।

गृहमन्त्री अमित शाहले यसलाई ‘नक्सलवादलाई अर्को शक्तिशाली प्रहार’ भएको प्रतिक्रिया दिएका छन्। उनले २०२६ को मार्च सम्ममा विद्रोह समाप्त गर्ने आफ्नो लक्ष्य नजिक पुग्न लागेको बताए।

 


Thali Mobile Pvt.Ltd.