भारतले अतिक्रमित भूमि फिर्ता नगरे सैनिक मुख्यालय र राष्ट्रपति कार्यालयमा आत्मघाती आक्रमण गर्नु पर्छ : नेपाल (भिडियाे .LIVE)

भारतले अतिक्रमित भूमि फिर्ता नगरे सैनिक मुख्यालय र राष्ट्रपति कार्यालयमा आत्मघाती आक्रमण गर्नु पर्छ : नेपाल (भिडियाे .LIVE) image

३ बैशाख २०७७ काठमाडौं । देशको सीमा मिचिएको अवस्था छ । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको छ । नेपाललाई कुनै पनि जानकारी नै नदिएर यहि विचमा भारतले गरेको मिचाहा प्रवृतिविरुद्ध नेपालीहरु आन्दोलित भैरहेका छन् । भारतीय विस्तारवादी गतिविधिका विरुद्ध अमेरीकामा रहेका नेपालीले पनि त्यहाँ प्रदर्शन गरिरहेको बेला सीमाविद् तथा सराेकारवालको धारणा के छ ? भनेर हामीले नेपाल भारत सीमा विवाद अवसर र चुनौतीका बारेमा कुराकानी गरेका छौं ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको ७१ भूमिमा सीमा विवाद रहेको बताएका छन् । नेपालको ३७२ किलोमिटर भूभाग भारतले हडपीरहेकोले नेपाल सरकारले तत्कालै फिर्ता ल्याउनु पर्ने बताएका छन् । पाँच वर्ष भित्रका गतिविधिलाई मात्र पनि नियाल्ने हो भने, नेपाललाई सहमति नै नलिएर भारतले एकलौटी रुपमा सीमामा थुप्रै कार्य गरिरहेकाे दावी गरे ।

नेपालको भुमि आफ्नोमा गाभेर नक्सा निकाल्दा नेपाल सरकारले गरेको कुटनैतिक पहललाई समेत अस्वीकार गरेर अहिले लिपुलेखमा सडक खनेर उद्घाटन गरेर देखाउनुले नेपालको सार्वभौमिक्ता माथिको आक्रमण भएको उनको दावी छ ।

अब नेपाल सरकार र नेपाली नागरिक चुप लागेर बस्न नहुने भन्दै समाधानका लागि सुगौली सन्धिमा उल्यख भएको काली नदी नै सीमा भएकाले उक्त भूमि फिर्ता ल्याउन लाग्नु पर्ने बताए । भारतले नक्कली ३ वटा काली नदी बनाएर नेपालको सीमा मिचिरहेको र नेपाली शासक चुपचाप बसिदिनाले यस्तो विवाद गरिरहेको उनकाे ठहर छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेख नेपालकाे हाे भन्दै भारतीय सेना कालापानीकबाट हटाउनु पर्ने सीमाविद् श्रेष्ठले बताए ।

डा. कृपाराम विश्वकर्मा

कैलाश खबरकाे विशेष कुराकानीमा कुरा गर्दै डा. कृपाराम विश्वकर्माले नेपाल सरकारले जसरी कुटनैतिक पहल गर्नु पथ्र्यो त्यो नगरिनुको परिणाम अहिले देखिएको बताएका छन् । नेपालले पटक पटक डिप्लोमेटिक नोट दिदा भारतले वास्ता नगरेर छ्यास्स् विज्ञप्ती निकाल्नुले उसकाे हेपाहा प्रवृति झल्किने बताए ।

केहि राजनैतिक दल र विद्यार्थी संगठन अहिले पनि आन्दोलनमा उत्रिएकाे भन्दै डा. विकले अहिले संघिय संसदको नीति तथा कार्यक्रममा समेत लिम्पियाधुरा, कालापानी र लिपुलेख सहितको नक्सा जारी गर्ने कुरा उठ्नु सहि भएको बताए । कुटनैतिक पहलबाट जमिन फिर्ता ल्याउने राष्ट्रिपति भण्डारीको कुरा गफमा सिमित नभएर वास्तविक्तामा परिणत हुनु पर्ने उनको भनाई छ ।

सीमा विवाद समाधान भएन भने अन्तराष्ट्रिय सीमा सिद्धान्त अनुसार समाधान गर्ने विकल्प तर्फलाग्नु पर्ने बताए । सुगौली संन्धि व्रिटिश सरकारसंग भएकोले मिडियटरका रुपमा युके सरकारसंग आग्रह गरेर सीमा समाधानमा लाग्नु पर्ने भन्दै त्यसभन्दा पहिला भारतले लिखित रुपमा जमिन फिर्ता गर्ने कुरा गर्न जरुरी रहेकाे बताए ।

उनले भने, ‘बोर्डर नियमन हुनु पर्छ । रेगुलेशन हुन पनि जरुरी छ । अब गफमा मात्रै नभएर नेपाली कुटनैतिक पहल चनाखो हुनु पर्छ ।’ सार्वभौम चिन्तनको कम्जोर हुनुले राजनैतिक नेतृत्वको यस्ता खाले अवस्थाले पनि यस्तो अवस्था आएको उनको दावी छ ।

स्वागत नेपाल
नेपाली जनताको चिन्ता गर्ने सरकार नभएको, राजनीति र कुटनीति कुनै क्षमता र सुझबुझ नराख्ने सरकारबाट सीमा समस्या समाधान हुन नसक्ने अधिवक्ता स्वागत नेपालले बताएका छन् । कुटनैतिकढंगबाट चाल्नै पर्ने कदम पनि चाल्न सक्ने ठाँउ हुदा हुदै सरकारले उक्त कदम नचालेको आरोप उनको छ ।

खुलेआम भारतीय विस्तारवादले नेपालको सीमा मिचिरहनु र नेपाली शासक चुप लागिरहनुले सीमा मिचिएको भन्दा पनि बेचिएको दावी गरे । अधिवक्ता नेपालले अब समाधानको बाटो भनेको अन्तराष्ट्रिय वैधानिक संलग्नतासहित कानूनि माध्यमबाट जानु एक मात्र विकल्प रहेको बताए ।

उनले भने, ‘यदि यसो गर्दा गर्दै पनि भएन भने नेपाल सरकारले इंन्डियन गोर्खा रेजीमेन्ट फिर्ता बोलाउनु पर्छ, व्रिटिश गोर्खा सैनिकलाई नेपाल फिर्ता बोलाउनु पर्छ, यदि सरकारले यसो गरेन भने नागरिकहरुले आफ्नो तर्फबाट इंन्डियन सैनिक मुख्यालय र राष्ट्रपति कार्यालयमा आत्मघाती आक्रमण गर्नु पर्छ ।’

हेर्नुहाेस पुरा भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/236315297701996/

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क image

    भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क

    काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषदले गरेको थियो । संविधान दिवसको...

  • संविधान दिवसमा कैदी नछुट्ने image

    संविधान दिवसमा कैदी नछुट्ने

    काठमाडौं । संविधान दिवसको अवसर पारेर कैदी छोड्ने पुरानो परम्परा यसपाली हट्ने भएको छ । यो पटक कैदीहरु नछुट्ने भएका हुन् । कारागार व्यवस्थापन विभागले कैदी छुट विवरण गृह...

  • पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क image

    पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क

    दाङ । पशुपति मा.वि. हरीपौरीले एसइईको प्रमाणपत्र दिए वापत रु दश हजार रुपैँया लिने गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित उक्त विद्यालयको विद्यालय ब्यबस्थापन समितिले...

  • आज राष्ट्रिय शिक्षा दिवस image

    आज राष्ट्रिय शिक्षा दिवस

    काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकाः साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित...


hotelghyampedanda