भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

भारतीय नागरिक पक्राउ

भारतीय नागरिक पक्राउ

जनकपुरधाम । एक भारतीय नागरिक पक्राउ परेका छन् । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ परेका हुन । मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं २ बाट उनलाई इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर नेपाल आएका भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षका राजेश कुमार साह रहेको प्रहरीले जनाएको छ ।

स्कुटरको डिक्कीमा राखिएर नेपाल आउदै गरेको अवस्थामा श्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरि आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जनाएको छ । पछिल्लो समय अवैध कारोबार बढ्न थालेपछि नेपाल प्रहरीले कडाइएका साथ चेक जाच गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.