भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतीय नेता राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा

भारतीय नेता राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा

एजेन्सी । झारखण्ड उच्च अदालतमा भारतीय कांग्रेस आइ पार्टीका नेता राहुल गान्धीविरुद्ध मानहानी मुद्दा दायर भएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक स्थानीय नेताले मुद्दा दायर गरेका हुन् ।

कांग्रेस नेता गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भाजपाका नेता विरुद्ध उनले आपत्तिजनक टिप्पणी गरेका थिए । भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो । यद्दपी अदालतको आदेशलाई चुनौती दिँदै गान्धीले उच्च अदालतमा तल्लो अदालतको सुचना खारेजीको माग सहित आवेदन दिएका थिए ।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, कांग्रेसमा यो सम्भव छैन ’ भन्ने अभिब्यक्ति दिएका थिए । सोही प्रकरणमा उनीविरुद्ध मानहानीको मुद्दा परेको हो ।

 


Thali Mobile Pvt.Ltd.