कमल दैलेखी, राकम। कालापानी र लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल भर त्यसको विरोध प्रदर्शन भैरहेको छ । काठमाडौ, पोखरा विराटनगरलगायत देशका ठूला, साना सहर देखि गाँउ गाँउ सम्म विरोध प्रदर्शन जारी छन् ।
यसैबीच नेपाल मजदुर किसान पार्टीले दैलेखको आठबीस नगरपालिका राकमकर्णाली दैलेखमा भारतीय हस्तक्षेपका विरुद्ध नारावाजी गर्दै जुलुश प्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ । सभालाई संवोधन गर्दै नेमकिपाका केन्द्रीय सदस्य बजीरसिह विकले भारतीय हस्तक्षेप नेपालीलाई स्वीकार्य नभएको बताएका छन् ।
भारतीय दादागिरी विरुद्ध देशभक्त नागरिकहरु सार्वभौमसत्ता जोगाउन एकजुट हुनु पर्ने भन्दै विकले नेपाल सरकारले तत्काल यो समस्या कुटनैतिक तवरबाट समाधान खोज्नु पर्ने बताए । विरोध सभामा बोल्दै नेमकिपा आठबीस नगर समितिका अध्यक्ष कल बहादुर सिजापतिले देश विरुद्ध गद्धारी गर्नेहरुलाई समयमै चिन्नु पर्ने बताए ।
सभामा नेक्राविसंघ पूर्व केन्द्रीय सदस्य जनक माझीले सार्वभौमिक अखण्डता जोगाउन सबै एकजुट भएर भारतीय हस्तक्षेप विरुद्ध लड्नु पर्ने बताए । नगर समितिका सह सचिव टिकाराम कठायतले संचालन गरेको विरोध सभामा नगरवासीको उल्यख्य सहभागिता रहेको थियो ।
विरोधसभामा बोल्ने अधिकांस नेमकिपाका नेताहरुले भारतीय पक्षसँगको अनावश्यक हिमचिम रोकिनुपर्ने र योग्य टोली बनाएर भारतसँग उच्च तहको वार्ता गर्न पनि सरकारलाई सुझाव दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...