भारतीय हस्तक्षेप विरुद्ध नेपाली लड्नु पर्छ : थापा

भारतीय हस्तक्षेप विरुद्ध नेपाली लड्नु पर्छ : थापा image

बाजुरा । भूमि माथिको हस्तक्षेप स्वीकार्य नभएको भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गर्ने बाहनामा नेपाली भूमिमाथिको हस्तक्षेप स्वीकार्य नभएको नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताएका छन् । बाजुरा पुगेका थापाले युद्ध स्वीकार्ने तर भूमि नछोड्ने चेतावनी दिए। नेपालको भूमि माथिको कुनै पनि हस्तक्षेप र सैन्य दादागिरी बहादुर नेपालीका लागि स्वीकार्य नहुने घोषणा गरे।

नेपाली जनता सेनाका रुपमा रुपान्तरण भएरै भएपनि सिमा सुरक्षा गर्नु पर्ने भन्दै कुनै इतिहासका कालखण्डमा नझुकेको र कसैको पराधिनमा नबसेको देशलाई सैन्य बल देखाएर भारत विरुद्ध युद्ध नै स्वीकार्य हुने धारणा राखे ।

थापाले देशको शान्ति सुरक्षा र सामाजिक सुशासनमा नेपाल प्रहरीको भूमिका अब्बल भएको र मदिरा सेवनकै नाममा पनि समाजमा अशान्त पार्ने कार्य गरिए कारवाही गर्न प्रहरीलाई आग्रह गरेका छन्। बाजुराको शान्ति सुरक्षाको प्रंशसा गर्दै थापाले कुनै दलको नेता कार्यकर्ताको सिफारिस फोन आए कुनै वास्ता नगर्न भन्दै त्यसमा साथ रहने बताए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.