भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भारत प्रहार केपी बाँणः ‘अयोध्या ठोरीमै छ, राम नेपालकै हुन’

भारत प्रहार केपी बाँणः ‘अयोध्या ठोरीमै छ, राम नेपालकै हुन’

२९ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई अर्को प्रहार गरेका छन् । ओलीले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि भारतले अतिक्रमण गरेको दावी गरेका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा हो भन्दै भारतले विवादित अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको जिकिर गरे ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले ‘सीता’ लाई भारतका राजकुमार रामलाई नदिएको भन्दै अयोध्याका रामलाई दिएको र अयोध्या वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ भएको दावी गरे । अहिले खडा गरिएको अयोध्याका रामलाई नदिएको दावी ओलीको छ । अयोध्या नेपालको र राम पनि नेपाली भएको तथ्य ओलीले सार्वजनिक गरेका हुन् ।

अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे ? ओलीले प्रश्न गरे । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई व्यङ्ग प्रहार गरे । अयोध्या ठोरीमै भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले नेपालको सास्कृतिक अस्तीत्वमाथि गिद्धे नजर नलगाउन भारतलाई चेतावनी दिए ।

 


Thali Mobile Pvt.Ltd.