भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भारत प्रहार केपी बाँणः ‘अयोध्या ठोरीमै छ, राम नेपालकै हुन’

भारत प्रहार केपी बाँणः ‘अयोध्या ठोरीमै छ, राम नेपालकै हुन’

२९ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई अर्को प्रहार गरेका छन् । ओलीले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि भारतले अतिक्रमण गरेको दावी गरेका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा हो भन्दै भारतले विवादित अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको जिकिर गरे ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले ‘सीता’ लाई भारतका राजकुमार रामलाई नदिएको भन्दै अयोध्याका रामलाई दिएको र अयोध्या वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ भएको दावी गरे । अहिले खडा गरिएको अयोध्याका रामलाई नदिएको दावी ओलीको छ । अयोध्या नेपालको र राम पनि नेपाली भएको तथ्य ओलीले सार्वजनिक गरेका हुन् ।

अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे ? ओलीले प्रश्न गरे । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई व्यङ्ग प्रहार गरे । अयोध्या ठोरीमै भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले नेपालको सास्कृतिक अस्तीत्वमाथि गिद्धे नजर नलगाउन भारतलाई चेतावनी दिए ।

 


Thali Mobile Pvt.Ltd.