भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इरानले परियोजनामा भारतलाई ‘आउट’ गरेर ‘चीन’लाई इन गरायो

इरानले परियोजनामा भारतलाई ‘आउट’ गरेर ‘चीन’लाई इन गरायो

३० असार २०७७ काठमाडौं । आफूले प्रतिबद्धता जाहेर गरेको रकम नदिएपछि इरानले चाबहार रेल परियोजनाबाट भारतलाई नकआउट गरिदिएको छ । ६२८ किलोमिटर लामो रेल परियोजनामा चीन इन भएको छ । उक्त परियोजनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि इरानसँग सहायता सम्झौता गरेका थिए ।

सम्झौताको रकम भुक्तानीका लागि बारम्बार आग्रह गरेपनि भारतले अटेरी गरेको र भारतसँगको सम्झौता उधारो र कहिल्यै कार्यान्वयन नहुने देखेपछि इरानले चीनसंग सम्झौता गरेर काम अगाडि बढाएको संचारमाध्यमले जनाएका छन् । भारतले चीनसंग निहुँ खोजिरहेका बेला भएको यो सम्झौतालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

इरानी कदमलाई अर्थपूर्ण रुपमा मात्रै हेरिएको छैन, उसले भारतसंग कुनै सम्वन्ध नरहने पनि जनाईसकेको छ । चीनले सहायता दिएपछि इरानले यो रेलमार्ग अफगानिस्तानको जारान्जसम्म विस्तार गर्ने जनाएको छ । चीनले समयमै काम सम्पन्न गर्न सन् २०२२ को मार्चसम्ममा भाका राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.