भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत भ्रमणमा बिजुली निर्यातदेखि सीमा समस्याको बारेमा कुराकानी हुनेछ : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणमा बिजुली निर्यातदेखि सीमा समस्याको बारेमा कुराकानी हुनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो ।

उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताउनुभयो । भारत भ्रमणमा व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले नेपालका विभिन्न जलविद्युत् उत्पादन हुने नदीमा देशको हित सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि प्रसारण लाइन लगायतका संरचना निर्माण गर्ने, बिजुली निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय आफ्नो प्राथमिकताको विषय रहने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतको भूमि हुँदै बङ्गलादेशसम्म बिजुली निर्यातको विषयमा यो पटक प्रभावकारीरूपमा कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डीपीआर टुङ्गोमा लैजानका लागि छलफल हुने बताउनुभयो । उहाँले भ्रमणमा सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्ने गरी छलफल हुने पनि उल्लेख गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.