भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भारत रिझाउन गलत हर्कत, नागरिकता विधेयक प्रमाणीकरणः सांसद बजगाईं

भारत रिझाउन गलत हर्कत, नागरिकता विधेयक प्रमाणीकरणः सांसद बजगाईं

विराटनगर । भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ ।

कोसी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि विधेयक हतार–हतार प्रमाणीकरण गरिएको ठोकुवा गरिन् ।

बजगाईले भनिन्, “यो राष्ट्रघाती कदम हो । हामी भत्सना गर्दछौँ, अदालतले गरेको फैसला विपरीत आममाफी दिने काम गलत हो ।” उनले यसैगरी आममाफी दिँदै जाने हो भने अदालतको निर्णयको अर्थ नरहने पनि बताइन् ।

बजगाईंले देश आर्थिक मन्दीमा डुबेको भन्दै युवा विदेश उन्मुख हुन बाध्य भएको बताइन् । उनले भनिन्, “भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो अब धेरै थेग्न सकिदैन ।”

राष्ट्रपति पौडेलको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता
यसैबीच नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ताद्वय डा। सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका छन् । रिटमा प्रारम्भिक सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ ।

रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ ।

रिटमा टुंगो नलाग्दा सम्म नागरिकता ऐन, २०६३ को दफा ९ मार्फत मात्र नागरिकता वितरण गरिनुपर्ने माग उक्त रिट निवेदनमा छ । त्यस्तै, नागरिकता प्राप्त गर्न नसकी अध्ययन गर्न, पेसा व्यवसाय गर्न अप्ठ्यारोमा परेका नेपाली नागरिक पहिचान गरी अस्थाई निस्सा प्रदान गर्न माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.