भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

भूकम्प परी टर्कीमा मृत्यु हुनेको संख्या ३७ हजार पुग्यो

भूकम्प परी टर्कीमा मृत्यु हुनेको संख्या ३७ हजार पुग्यो

एजेन्सी । भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुने संख्या ३७ हजार नाघेको छ । गत सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परि मृत्यु हुनेको संखया ३७ हजार नाघेको हो ।

त्याहाका भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या बढ्दै जाने जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुका वासीन्दालाई विदेशी दातृ निकायबाट प्राप्त सहयोग वितरणको काम समेत थालिएको छ । अहिले भूकम्प पीडितहरुलाई राहत मिलेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई वेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ । यद्दपी जीवित्तै उद्धार गर्ने सम्भावना भने टर्दै गएको उद्धारकमीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.