भर्खरै : Sorry, your browser does not support inline SVG.
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ |

मंसिर २ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रस्ताव

मंसिर २ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

१ सय २० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । २०७४ मा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.