फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

सुभ, । फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो । सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ ।

फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गर्नुभयो ।

बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उहाँले बताउनुभयो । त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.