भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछः प्रचण्ड

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछः प्रचण्ड

जलेश्वर । नेकपा माओवादी केन्द्र का. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताए । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपालको जग्गा नजिकै आज बिहान साढे ११ बजे स्थानीयवासीले उनलाई रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपालले बञ्जर बनाइरहेकामा दुःखेसो सुनाएपछि उनले सो जग्गामा चाँडै ठूलो परियोजना बसाल्ने बताए ।

तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो ।

किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताए। स्थानीय किसानले प्रचण्डलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने प्रचण्ड सो स्थानमा पाँच मिनेट मात्रै किसानको कुरा सुनेर उनीहरुलाई आश्वासन दिँदै रामगोपालपुरतिर लागेका थियो ।

 


Thali Mobile Pvt.Ltd.