मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन

मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन

भक्तपुर । शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।

औपचारिकरुपमा एक कार्यक्रमकाबीच बुधवार सेवा शुभारम्भ गरेको हो । एमआरआई सेवा सञ्चालनमा आएपछि विरामीहरुमा उत्साह थपिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष विष्णुराज कार्कीले बताए ।उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन करिब १३ करोड लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको कार्कीको भनाइ छ ।

कार्कीले भने, “जटिल रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआरआई सेवा जरुरी भएकाले भक्तपुरमै पहिलो एमआरआई सेवा सञ्चालनमा ल्याएका हौं ।’ भक्तपुरमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य सेवा बिस्तार भए पनि एमआरआईका लागि काठमाण्डौं धाउनुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.