बेइजिङ । चीनले विकसित गरेको कोभिड–१९ विरुद्ध खोपले मध्य–चरणको परीक्षणमा सफलता पाएको छ । अनुसन्धानकर्ताहरूले बताए अनुसार चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । र तीमध्ये केही खोप स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले लगाइसकेका छन् । ‘कोरोनाभ्याक’ खोप निर्माण कम्पनी सिनोभ्याक बायोटेकको प्रयोगशालामा अनुसन्धानकर्ता रातदिन काम गरिरहेका छन् ।
‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको उनीहरूले बताएका छन् । खोप परीक्षण ७ सय ४४ जनामा गरिसकिएको छ । युरोप तथा अमेरिकामा निर्मित खोपहरूको दाँजोमा ती खोपहरू सफल रहेको संचारमाध्यमले जनाएका छन् र चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक गरिसकेका छन् ।
अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिको छ । कोभिडविरुद्धको खोप बनाउने दौडमा क्रियाशील चीनले चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा पु¥याएको छ । ती खोप मध्ये सिनोभ्याक बायोटेक एक हो ।वैज्ञानिक परीक्षणबाट प्राप्त तथ्यांकमा कोरोनाभ्याक खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी क्षमता उत्पन्न गराएको देखिएको छ ।
