भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्राविधिक क्षमताको विस्तारमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना,पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक

प्राविधिक क्षमताको विस्तारमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना,पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक

काठमाडौं । ‘लिप इन्टु द फ्यूचर’ अवधारणाका साथ चीनको शन्चनमा ओप्पो ईन्‍नो डे २०२० को आयोजना गरिएको छ। पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस इन्‍नोभेसन’ परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो। कार्यक्रम मार्फत ओप्पोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट ओप्पो एक्स २०२१, ओप्पो एआर ग्लास २०२१ र ओप्पो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शित गरेको छ।

ओप्पो ईन्‍नो डे २०२० मा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले थ्रींएनंएक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने बताए। ‘ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्‍ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ। यही उद्देश्यका साथ ओप्पोको दीर्घकालीन विकासका लागि हामीले ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ,’ उनले भने । उनले यसमा रहेका तीन अन्तरनिहित प्रविधिहरु, हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनिधित्व गर्छ भने आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकीकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउने बताए।

 

 


Thali Mobile Pvt.Ltd.