भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बल्ल खुल्यो सरकारको चेत, कोरोनाका कारण विदेशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने

बल्ल खुल्यो सरकारको चेत, कोरोनाका कारण विदेशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने

काठमाडौं, बल्ल सरकारले कोरोना (कोभिड–१९) का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिनुभएको हो ।

पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ । उहाँले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताउनुभयो । विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण ९रोजगार गुमाएको÷अध्ययन गरी फर्किएको० उल्लेख गर्न भनिएको छ । कोभिड–१९ का कारणले सयौँ रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन ।

 


Thali Mobile Pvt.Ltd.