भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मन्त्री नियुक्त भएको ७७ दिनपछि मन्त्रालय फुटाएरै चित्रकारलाई उद्योगमन्त्रीको जिम्मा

मन्त्री नियुक्त भएको ७७ दिनपछि मन्त्रालय फुटाएरै चित्रकारलाई उद्योगमन्त्रीको जिम्मा

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाएका छन् । लामो समय विना विभागिय मन्त्री रुपमा रहेका चित्रकारलाई सत्ता गठबन्धनको भागबण्डा मिलाउन मन्त्रालयको संख्या थपेर उद्योगमन्त्रीको जिम्मा दिएको हो ।

माओवादी मन्त्रीहरूले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको जनाएको छ । बागमती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको छ ।

सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालय नफुटाउने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नै अडानमा अडिग रहन सकेनन् ।
मन्त्री नियुक्त भएको ७७ दिनपछि उनले जिम्मेवारी प्राप्त गरेका हुन । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्री चित्रकारले आइतबार मन्त्रालय प्राप्त गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.