भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

मन्त्री नियुक्त भएको ७७ दिनपछि मन्त्रालय फुटाएरै चित्रकारलाई उद्योगमन्त्रीको जिम्मा

मन्त्री नियुक्त भएको ७७ दिनपछि मन्त्रालय फुटाएरै चित्रकारलाई उद्योगमन्त्रीको जिम्मा

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाएका छन् । लामो समय विना विभागिय मन्त्री रुपमा रहेका चित्रकारलाई सत्ता गठबन्धनको भागबण्डा मिलाउन मन्त्रालयको संख्या थपेर उद्योगमन्त्रीको जिम्मा दिएको हो ।

माओवादी मन्त्रीहरूले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको जनाएको छ । बागमती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको छ ।

सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालय नफुटाउने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नै अडानमा अडिग रहन सकेनन् ।
मन्त्री नियुक्त भएको ७७ दिनपछि उनले जिम्मेवारी प्राप्त गरेका हुन । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्री चित्रकारले आइतबार मन्त्रालय प्राप्त गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.