सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति विवरण सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको प्रगति विवरण यहाँ प्रस्तुत गरिएको छ ।
कानुन तथा नीति निर्माणको क्षेत्र
पारित भएकाः
१. राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० पारित भएको ।
२. विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन), नियमावली, २०८० पारित भएको ।
३. अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन (पहिलो संशोधन) नियमावली, २०८० पारित भएको ।
अन्तिम चरणमा रहेकाः
४. सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० को लागि अर्थ मन्त्रालयबाट राय प्राप्त गरी सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको ।
५. आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा सुुझाव दिन आम सञ्चार क्षेत्र सुधार सुुझाव समिति गठन भई प्राप्त समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक र नेपाल मिडिया काउन्सिल विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थमन्त्रालय पठाइएको । नेपाल आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विधेयक मस्यौदाको अन्तिम चरणमा रहेको ।
छलफलमा रहेका विषयहरुः
१ सूचना प्रविधिसँग सम्बन्धित एकीकत कानुन तर्जुमा गर्न खोज्दा विभिन्न क्षेत्रमा अवरोध आउने विगतको अभ्यासलाई पुनरावृत्ति हुन नदिन सामाजिक सञ्जालको व्यवस्थित प्रयोगसम्बन्धी ऐन, साइबर सुरक्षा तथा साइबर अपराध नियन्त्रण ऐन, सूचना प्रविधि ऐन र डिजिटल तथ्यांक सुरक्षासम्बन्धी फरक फरक ऐन निर्माण गर्न विधेयक मस्यौदा सुरु गरिएको ।
२ चलचित्र निर्माण, वितरण तथा प्रदर्शन ऐनलाई संशोधन गर्न मस्यौदा तयार भएको ।
३ दूरसञ्चार ऐनलाई समसामयिक पुनरावलोकन गरी नयाँ ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृत लिई विधेयक मस्यौदाका क्रममा रहेको ।
४ राष्ट्रिय प्रसारण नियमावली संशोधन मस्यौदा अन्तिम चरणमा रहेको ।
५ राष्ट्रिय विज्ञापन नीति छलफलकै क्रममा रहेको ।
सेवा सुधार, सुशासन र पुनर्संरचनाबारे
१ टेलिभिजन प्रसारण संस्थाले उपभोक्ताबाट लिनुपर्ने मासिक शुल्क तोक्न आलाकार्ट प्रणाली लागु गरिएको । यो प्रणाली लागु भएपछि उपभोक्ताले शुल्क तिर्दा आफूले रोजेको टेलिभिजन च्यानलको मात्रै शुल्क तिरे पुुग्ने व्यवस्था गरिएको । यसको सम्पूर्ण प्राविधिक तयारी पूरा भएकाले कार्तिक १ गतेदेखि पूर्ण कार्यान्वयनमा लैजाने तयारी थालिएको ।
२ भारत र थाइल्यान्डमा नेपाल टेलिकम (एनटिसी)को प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोग गर्दा रोमिङ सेवाबापत लाग्ने महसुल घटाइएकोे ।
३ लामो समयदेखि प्रचलनमा रहेका हुलाक वचत बैंकहरु घाटामा चलिरहेको, कर्मचारीबाट रकम हिनामिना भई वचतकर्ताको वचतको सुरक्षामा समस्या देखिएकाले चालु आर्थिक वर्षको बजेटमार्फत नै सम्वोधन गरी हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गरिएको । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गरिएको ।
४ हुलाक सेवाको पुनर्संरचना गर्न ‘एक स्थानीय तह, एक हुलाक’ संचना कायम गरी हुलाक सेवालाई छिटो, छरितो र प्रभावकारी तथा संगठनलाई छरितो बनाउन अध्ययन भइरहेको ।
५ द्रूत हुलाक सेवा (इएमएस) ४४ जिल्लाका ६४ स्थान र अन्तर्राष्ट्रिय इएमएस ३९ देशमा विस्तार भएको ।
६ सूचना तथा प्रसारण विभागबाट जारी हुने पत्रकार परिचयपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने र कुनै वर्ष नवीकरण गर्न छुटेको अवस्थामा पुरानो नम्बर र निरन्तरतामा समस्या देखिने गुनासो आएपछि हरेक तीन वर्षको एकपटक नवीकरण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको ।
७ सूचना प्रविधि सेवालाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संगठनहरुको पुनर्संरचना योजना सहमतिका लागि अर्थमन्त्रालय पठाइएको ।
८ लामो समयदेखि बोलपत्र नभई नेपाल टेलिकमको ब्याण्डविथ महंगो शुल्कमा खरिद गर्नुपर्ने अवस्था रहेकोमा बोलपत्र गर्दा नेपाल भित्रने ब्याण्डविथको मूल्य प्रति एमवी प्रति महिना ५.८५ डलरबाट झण्डै दुुई तिहाई मूल्य घट्न गई १.९४ डलर कायम हुन आएको । यसबाट नेपाल टेलिकमको कूल खर्चमा पहिलो वर्ष १२५ करोड र तेस्रो वर्ष २ सय करोड वचत हुन जाने । यसको आधारमा नेपाल टेलिकमको इन्टरनेट डाटा शुल्क घटाउन सहज भएकाले त्यसको तयारी थालिएको ।
९ देशभरका सबै वडामा टेलिफोन पुुग्नुका साथै ७४० स्थानीय तहमा फोरजी इन्टरनेट सञ्चालनमा आएको ।
१० अप्टिकल फाइबरमा आधारित फाइबर टू द होम (एफटिटिएच) सेवा ७ जिल्लामा थप भई डोल्पा, हुम्ला र मुुगुबाहेक ७४ जिल्लामा विस्तार गरिएको ।
११ अप्टिकल फाइबर नपुुगेका सबै वडा कार्यालय, विद्यालय र क्याम्पसहरुमा यसै आर्थिक वर्षमा सेवा पुर्याउने गरी काम भइरहेको ।
१२ प्रदेश राजधानी रहेका जिल्लासहित १४ जिल्लालाई चालु आवमा पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने गरी काम अघि बढाइएको ।
१३ दैनिक लाखौं यात्रुले यात्रा गर्ने र दुर्घटनाका बेलामा समेत सञ्चार सम्पर्क नहुने अवस्थाको अन्त्य गर्न प्रमुख राजमार्ग क्षेत्रमा ‘हाइवे कनेक्टिभिटी’ कार्यक्रममार्फतरुपमा गुणस्तरीय दूरसञ्चार सेवा विस्तारको काम भइरहेको ।
१४ विभिन्न सेवा प्रदायकबाट राजश्व चुहावट भएको गुनासो प्राप्त भएपछि मन्त्रालयबाट छानविन समिति बनाइएको, समितिको प्रतिवेदनबाट राजश्व चुहावट भएको देखिएकाले असुल उपर गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकिएको ।
१५ नेपाल टेलिकमबाट प्रवाह हुने सेवासम्बन्धी कुनै गुनासो प्राप्त भएका सोही दिन सम्बोधन गर्ने व्यवस्था मिलाइएको ।
१६ नेपालमा अहिलेसम्म ताररहित र तारयुक्त नेटवर्क कभरेजसम्बन्धी सर्वेक्षण नभएकाले चालु आर्थिक वर्षमा सर्वेक्षणको सुरुवात गर्ने कार्यक्रम तर्जुमा गरिएको ।
१७ संघीय राजधानीसहित सात प्रदेशमा रहेका अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने कार्यक्रम बनाइएको ।
१८ सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्न चालु आर्थिक वर्षभित्र एक हजार जनशक्तिलाई छोटो अवधि तालिम दिने कार्यक्रम बनाइएको ।
१९ सूचना प्रविधि क्षेत्रमा रहेका युवालाई लक्षित गरी उनीहरुको सिप, अन्वेषण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी यसै आवमा युवा टेक एक्स्पो गर्ने गरी कार्यक्रम तय गरिएको ।
२० सूचना प्रविधि क्षेत्रमा लागेका युवा जनशक्तिले गरेको अन्वेषण र नवप्रवर्तनलाई उपयोग गरी देशको डिजिटलाइजेसनमा सहयोग पुुग्ने गरी स्टार्टअपमा आधारित डिजिटल च्याम्पियन कार्यक्रम यसै वर्ष सञ्चालन गर्ने तय गरिएको ।
२१ सातवटै प्रदेशमा सूचना तथा सञ्चार प्रविधि केन्द्र स्थापना गर्ने कार्यक्रम तय गरिएको ।
२२ सातै वटै प्रदेशमा छानिएका एक सय वटा विद्यालयमा समान गुणस्तरसहितको स्मार्ट स्कूल कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको ।
२३ एकीकृत कार्यालय व्यवस्थापन प्रणाली विस्तार गर्दै मन्त्रालयबाट २४ सै घण्टा सेवा दिने गरी वेब मोनिटरिङ प्रणाली सञ्चालनमा ल्याइएको ।
२४ सरकारी एकीकृत डाटा सेन्टरमा देखिएको समस्याको कारण तथा यससम्बन्धमा भएका कमीकमजोरी अध्ययन गर्न गठित उच्चस्तरीय समितिबाट प्रतिवेदन प्राप्त भएको ।
२५ सरकारी सञ्चारमाध्यमलाई थप समावेशी बनाउन भाषाभाषीका कार्यक्रम थप गरिएको ।
२६ राष्ट्रिय समाचार समितिबाट श्रव्यदृश्य सेवा सुरु गरिएको ।
२७ प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रका पन्ध्र वर्ष’ र संविधान दिवसको अवसरमा ‘संविधान दिवस विशेष’ पुस्तक प्रकाशन गरेको ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...
काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...