भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड |

मलका लागि आन्दोलन गर्ने किसानको तयारी

मलका लागि आन्दोलन गर्ने किसानको तयारी

काठमाडौं । मकै र धान खेती गर्ने समय आइसक्दा पनि किसानले समयमै रसायनिक मल अभाव भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले समयमै मल उपलब्ध नगराए सिंहदरबारमा धर्ना दिने बताएका छन् ।

यसैबीच अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले कृषि सामग्री कम्पनी धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको छ ।

मल, बीउबिजन लगायतका आधारभूत वस्तु उपलब्ध नहुँदा कृषकहरू मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको हो । रसायनिक मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

मलको कारोबार गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाम र साल्ट ट्रेडिङ कर्पोरेसन बनेपास्थित गोदाम खाली छ । भागबन्डा गरिएका १०–१५ वटा सहकारीले लान बाँकी रहेका करिब १६ सय बोरा मलबाहेक अरू मल मौज्दात नभएको कृषि सामग्रीका धुलिखेल शाखा प्रमुख वासुदेव शर्माले बताए ।

वैशाखमा २ पटक गरेर आएको मलमध्ये काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका ४ सय सहकारीमार्फत बिक्री गरिएको शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.