भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

चाँगुनारायणबासीलाई निःशुल्न रगत

चाँगुनारायणबासीलाई निःशुल्न रगत

भक्तपुर । चाँगुनारायण नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने नपालिकाको पहिलो कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकामा बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले निःशुल्क रगत उपल्बध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख जीवन खत्रीले बताए । उनले रक्तदातालाई प्रोत्साहित गर्नका लागि रक्तदाता प्रोत्साहन खर्चलाई बढाउने समेत निर्णय गरेको जानकारी दिए ।

यसअघि प्रति रक्तदाता ५० रुपैयाँ दिइरहेकोमा त्यसलाई बढाएर एकसय रुपैयाँ दिने निर्णय भएको छ । बैठकले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने निर्णय समेत गरेको छ ।

खत्रीले, ‘हामीले २०७४ सालको निर्वाचनपछि नै नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं, अहिले सो बारेमा निर्णय भएको छ ।’

त्यस्तै बैठकले राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति समेत गठन गरेको छ । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीलाई चयन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.