भर्खरै : Sorry, your browser does not support inline SVG.

मलेसियाबाट भैरहवा उडानका लागि नेपाल एअरलाइन्सले भटायो भाडा

मलेसियाबाट भैरहवा उडानका लागि नेपाल एअरलाइन्सले भटायो भाडा

काठमाण्डौ । मलेसियाबाट भैरहवा उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) प्रवर्द्धनात्मक भाडा घटाएको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको भए पनि निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेको हो ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ । निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानको प्रवर्द्धनात्मक भाडादर पनि घटाएको हो ।

 


Thali Mobile Pvt.Ltd.