सर्लाही । पछिल्लो समयम देशका विभिन्न भागमा रासायनिक मलको अभाव भएको छ । यसै अन्र्तगत सर्लाहीमा रासायनिक मल नपाएपछि किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएको जनाइएको छ । सरकारले पाँच सय मेट्रिक टन मल पठाएको भए पनि कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले अहिलेसम्म वितरण नगरेको किसानको गुनासो रहेको छ ।
छिट्टै मल वितरणको सूचना निकाल्ने कार्यालयका प्रमुख दीपक बर्मेलीले बताए पनि डिलरहरूले भने थोरै मात्रामा मल उपलब्ध गराउँदा ढुवानी खर्च मात्रै बढ्ने तर्क गरेका छन् । एक पटकमा कम्तीमा १ सय ५० बोरा मल ढुवानी गर्ने टेलरहरूलाई २५–३० बोरा मात्र मल दिने गरिएको छ । यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने निराश बनेका छन्।
